+
+

प्रधानमन्त्री कपको छनोट खेलमा बर्दिया विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १७:५९

११ पुस, बुटवल। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा बर्दियाले कपिलवस्तुलाई १ विकेटले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा ४० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तु ३१.२ ओभरमा सबै विकेट गुमाएर १०८ रनमै समेटिएको थियो। उसका लागि आकाश त्रिपाठीले ३० र अमृत पौडेलले २६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

८ ओभर बलिङ गरेका बर्दियाका निर्मल गुरुङले ४ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । उनी खेलमा म्यान अफ द म्याच समेत भए । यस्तै, विशालविक्रम केसी र रविस बर्माले २–२ तथा सुमित श्रेष्ठ र समिर आचार्यले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बर्दियाले २९.३ ओभरमा ९ विकेटको क्षतिमा १०९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुमित श्रेष्ठले २८, विशालविक्रम केसीले २७ र विवेक न्यौपानेले १४ रन जोडे । बलिङमा कपिलवस्तुका राज अग्रहरिले ४, महेश भरले ३ र आकाश त्रिपाठीले १ विकेट लिन सफल भए ।

आइतबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा छोट्याइएको थियो । पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टिम बनाउन छनोट खेल भइरहेको छ । लुम्बिनी प्रदेशको प्रादेशिक क्रिकेट संघको आयोजनामा भइरहेको छनोट खेल पुस २१ गतेसम्म चल्नेछ भने ७ जिल्ला सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?