+
+

कञ्चनपुरमा साढे २ लाख बढीको अवैध समान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:२६

११ पुष, धनगढी। कञ्चनपुर प्रहरीले साढे दुई रुपैयाँभन्दा बढीको अवैध समान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका-५ को हरीयाली सामुदायिक वन क्षेत्रबाट लेडिज सुट, बिडी लगायतका अन्दाजी दुई लाख चार हजार रुपैयाँ बराबरका समान बरामद गरिएको जानकारी दिए ।

सोही कार्यालयको टोलीले पुष ६ गते ३० हजार रुपैयाँ बराबरका उनिको सुट पनि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको टोलीले दोधाराचाँदनी नगरपालिका-७ को कञ्जभोजबाट चिनी, अण्डा लगायतका गरेर साढे २८ हजार रुपैयाँ बराबरको अवैध समान बरामद गरेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

उनका अनुसार बरामद गरिएका समान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली र गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?