+
+

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:३६

११ पुस, काठमाडौं । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा लोकनाथ पौड्यालले पदबहाली गरेका छन् । ७ पुसको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।

महानगर भवनको ठेक्काको भ्रष्टाचार मुद्दाबाट उम्काइएका राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा भएका छन् ।

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नुपर्ने बताए । पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड्यालको भनाइ थियो ।

त्यसक्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौं महानगरको सार्वजनिक छवी बढाउनमा सहयोग पुग्ने बताए ।

२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका हुन् । उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?