+
+

एमालेसँगको एकता गल्ती थिएन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १९:२६

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभएको बताएका छन् ।

पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, ‘हामीले गल्ती गरेका थिएनौं ।’

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी एमाले महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकाेमा पछुतो भएको बताएका थिए । उनको भनाइको प्रशंसा गर्दै प्रचण्डले एकता किन जोगिएन भनेर आत्मसमीक्षा गर्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो समय धेरै नजिक भएर काम गरेको भन्दै प्रचण्डले गठबन्धन भन्दा अगाडि बढ्न चाहेको टिप्पणी गरे ।

आफूले आठौं महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको प्रचण्डले बताए । ‘मैले आफैंलाई चिरफार गरेको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?