+
+

अष्ट्रेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १२:१६

१२ पुस, काठमाडौं । अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ ।

सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख  छ ।

पछिल्‍लो समय अष्ट्रेलियामा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । सबैभन्दा धेरै जनसंख्या रहेको न्यू साउथ वेल्समा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार उक्त राज्यमा ६ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार त्यहाँ हालसम्मकै उच्च अर्थात् ६ हजार ३९४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

बढ्दो संक्रमणबीच आजदेखि न्यू साउथ वेल्समा नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ । बार र रेष्टुरेन्टमा हरेक २ वर्ग मिटरको दूरीमा एक व्यक्ति बस्न पाउने लगायतका नियम लागू गरिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?