+
+

वामदेव गौतमले गरे प्रचण्डको प्रशंसा, भन्छन्-दुर्वचन समाजवादी संस्कृति होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १२:३४

१२ पुस, काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् ।

आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा प्रचण्डले राजनीतिक संस्कृति निर्माण गर्नेगरी बोलेको भन्दै गौतमले प्रशंसा गरेका छन् ।

‘हाम्रा कतिपय नेताहरुले दुर्वचनबाट कुरा थाल्छन् र दुर्वचनमै टुंग्याउँछन्’ गौतम भन्छन्, ‘तर प्रचण्डले त्यसो गर्नुभएन । सवैको सम्मान गर्नुभयो ।’

दुर्वचन समाजवादी संस्कृति नभएको उनले बताए । ‘दुर्वचनले समाजवादी संस्कृति निर्माण गर्न सकिदैन, प्रचण्डले नयाँ संस्कृति निर्माणको प्रोत्साहित गर्ने प्रयास गर्नुभयो’, गौतमले भने ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतमले एकता अभियान चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?