+
+

जब जहाजका यात्रुले मास्कको साटो अण्डरवेयर लगाए…

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:४७

काठमाडौं । संसार दुई वर्षदेखि कोरोना महामारीसँग संघर्ष गरिरहेको छ । पछिल्लो समय संसारका केही देशहरु कोरोना भाइरसको अत्यन्तै संक्रामक ओमिक्रोन भेरिएन्टसँग जुधिरहेका छन् ।

कोरोनाबाट बँच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने जस्ता कामहरु नित्यकर्म बनेका छन् । तर कतिपय मानिसहरु भने यस्ता छन् जसले बचावटका यस्ता कुराहरुमा हेलचेक्राइँ गर्दछन् र मास्क लगाउन पनि निकै सकस मान्दछन् । कतिपयले गलत तरिकाले मास्क लगाउँदछन् । त्यस्ता मानिसलाई नियन्त्रण गर्नका लागि कतिपय ठाउँमा मास्क नलगाइकन प्रवेशमा नै बन्देज लगाउने गरिन्छ ।

यस्तै एकजना लापरवाह मानिसले मास्कको साटो महिलाको अण्डरवेयर लगाएर हवाईजहाजमा यात्रा गर्ने प्रयास गरेको घटनाले सर्वत्र चर्चा पाएको छ । तर एयरलाइन्स कम्पनीका कर्मचारीले ती व्यक्तिलाई धक्का मारेर जहाजबाट बाहिर निकाले ।

रिपोर्ट अनुसार अमेरिकाको युनाइटेड एयरलाइन्सको जहाजमा यस्तो घटना भएको हो । एडम जीन नामक ती व्यक्तिले मास्क विना नै विमानमा यात्रा गर्न थालेका थिए । अनुहारमा मास्क नभएको कारण उनलाई जहाजका कर्मचारीले सोधपुछ गरेपछि उनले विवाद गर्न थाले । तर जहाजका कर्मचारीले मास्कविना जहाजमा यात्रा गर्न नपाउने अडान राखेपछि उनले मास्कको साटो लेडिज अण्डरवेयरलाई मास्कको रुपमा लगाए ।

फ्लोरिडाबाट वासिंटन डिसीका लागि उड्न लागेको विमानमा अनिवार्य मास्क लगाउनुपर्ने नियमको विरुद्धमा ती व्यक्तिले अनुहारमा लेडिज अण्डरवेयर लगाएका थिए ।

कोभिड १९ निर्देशिका अनुसार विमानमा सवार हुनका लागि हरेक मानिसहरुले मास्क लगाउनु अनिवार्य छ । आरोपी एडम जेनले मास्क लगाउनुको साटो रातो रङको लेडिज पेन्टी लगाएका थिए । त्यस्तो देख्दा अन्य यात्रुहरुलाई पनि निकै अप्ठेरो लाग्यो ।

उनको त्यस्तो व्यवहारका कारण युनाइटेड एयरलाइन्सले उनलाई जहाजमा आजीवन प्रतिबन्ध लगाएको छ । तर आरोपीले भने आफ्नो तुलना क्रान्तिकारी रोजा पाक्र्ससँग गरेका छन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?