+
+

कोरोना संक्रमण रोक्न चीनको सियान शहरमा थप कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १८:०२

१२ पुस, काठमाडौं । कोभिड-१९ का संक्रमित बढेपछि लकडाउन गरिएको चीनको सियान शहरमा थप कडाइ गरिएको छ ।

झण्डै १ करोड ३० लाख मानिस बसोबास गर्ने सियान शहरमा ५ दिनदेखि लकडाउन गरिएको छ । समुदायमा कोभिड प्रकोप २१ महिनायताकै खराब अवस्थामा पुगेपछि उक्त शहरमा लगाइएको लकडाउनमा थप कडाइ गरिएको द गार्जियनले जनाएको हो ।

सोमबार सियानमा १५० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै डिसेम्बर ९ गतेयता उक्त शहरमा संक्रमितको संख्या ६५० पुगेको छ ।
सियानमा चौथो चरणको अनिवार्य कोभिड परीक्षण सुरु भएको छ ।

त्यस्तै, नयाँ संक्रमित पहिचान गरी भाइरस फैलिनबाट रोक्न झण्डै ५० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सबै मानिसको परीक्षणका लागि करिब ३ हजार परीक्षण केन्द्र स्थापना गरिएको स्थानीय समाचार माध्यमले जनाएका छन् ।

अधिकारीहरूले संक्रमितको सम्पर्कमा आएका १७ हजार ५२७ जनासँग सोधपुछ गरिसकेका छन् भने ४१ हजार ६७१ जनालाई होटेलभित्र क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै, तोकिएका २८३ स्थानमा हरेक १० व्यक्तिका लागि एक जना सुरक्षाकर्मी परिचालन गरिएको छ । २ दिनको अन्तरालमा एक परिवारबाट एक जना सदस्य २ घण्टाका लागि अत्यावश्यक सामान किन्न बाहिर जान सक्नेछन् । तर यसबाहेक कुनै पनि मानिसलाई घरबाहिर आउन दिइएको छैन ।

यसबाहेक, उक्त शहरमा निसंक्रमीकरण (डिसइन्फेक्शन) अभियान सुरु गरिएको समाचारमा उल्लेख छ । स्वास्थ्यकर्मीले सडक र भवनहरूमा प्याथोजिन मार्ने औषधि छर्किन थालेका छन् भने मानिसहरूलाई निसंक्रमीकरण गरिएका बोटबिरुवा नछुन भनिएको छ ।

समाचार अनुसार चिसो मौसममा सैयौं मानिसको परीक्षण गर्दा स्वास्थ्यकर्मीका हात फुलेका छन् । साथै, शहरमा कार चलाउन बन्देज गरिएको छ । तर रोग नियन्त्रणका सबै उपाय अपनाएको अवस्थामा भने कार चलाउन पाइने अधिकारीहरूले बताएका छन् । नियम पालना नगर्नेलाई १० दिनसम्म थुनामा राखिने एवं ५ सय युआन जरिवाना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?