+
+

अब निजी अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १८:२२

१२ पुस, काठमाडौं । मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् । यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने बताएको हो  ।

सरकारको नियमभित्र रही खोपको उपलब्धताको आधारमा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गरिरहेको भन्दै मेडिकल कलेज तथा निजी अस्पताहरुलाई मन्त्रालयले आह्वान गरेको हो ।

हेर्नुहोस् विज्ञप्तिः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?