+
+

मध्यपश्चिम विश्वविद्यालयले कार्यालय सहयोगीदेखि डीनसम्मका पदाधिकारीलाई पुरस्कृत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १८:२८

१२ पुस, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले कार्यालय सहयोगीदेखि डीनसम्मका पदाधिकारीलाई पुरस्कृत गर्ने भएको छ । विभिन्न १५ विद्याका ४० जनाभन्दा बढीलाई पुरस्कृत गर्ने घोषणा गरेको विश्वविद्यालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

चालु आर्थिक वर्षदेखिनै कार्यान्वयन हुनेगरी विश्वविद्यालयमा कार्यरत डीन, प्राध्यापक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरूलाई हौसला प्रदान गर्न पुरस्कारको घोषणा गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए। ‘राम्रो काम गर्नेलाई पुरस्कृत तथा नराम्रो काम गर्नेलाई दण्डित गर्ने विश्वविद्यालयले नीति लिएका छौं ।’ उपकुलपति सिंहले भने ।

उनका अनुसार विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ फरकफरक विद्यामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुगोस् भन्ने उद्देश्यका साथ लब्धप्रतिष्ठित व्यक्तिहरूलाई समावेश गरी अवार्ड दिइनेछ ।जसमध्ये सबैभन्दा बढी राशी ५५ हजारको एमयु कुलपति अवार्ड छ ।

त्यस्तै प्रत्येक शंकायगत कार्यक्षमता आधारमा दिइने ‘फ्याकल्टी पर्फमेन्स अवार्ड’ ३ लाख ५० हजार रुपैयाँ‍ रहेको छ । उक्त, रकम सम्बन्धित शंकायले शैक्षिक गतिविधिका लागि खर्च गर्नेछन् ।

विश्वविद्यालयले आफ्ना विद्यार्थी र प्रध्यापकहरूले लेखेका लेखहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भए प्रतिलेख १० हजारका दरले उपलब्ध गराउने समेत घोषणा गरेको छ ।

‘आज मध्यपश्चिम विश्वविद्यालय विश्वका ११ हजार ७०४ औं स्थानमा छ, अन्तर्राष्ट्रिय जर्नलहरूमा हाम्रा विद्यार्थी र प्रध्यापकहरूका आर्टिकक प्रकाशित भए विश्विद्यालयको र्‍याङ्किङ बढ्छ,’ उपकुलपति सिंहले भने, ‘त्यसैले प्रोत्साहनस्वरुप हामीले आवश्यक रकम दिने व्यवस्था गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?