+
+
Shares

नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच क्षमता विकास तथा अनुसन्धान सहकार्यका विषयमा काठमाडौँमा महत्वपूर्ण छलफल भएको छ।
  • छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईसहित अनुसन्धानकर्ताहरू र विश्वविद्यालयका प्रतिनिधिहरूले क्षेत्रीय आउटपोस्टको अवधारणाबारे विचार विमर्श गरेका छन्।
  • दुवै संस्थाबीच गत माघ २६ गते आपसी सहयोग र सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

५ साउन, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौँमा क्षमता विकास, विद्यार्थी संलग्नता, विज्ञसूची, प्रतिष्ठानको अध्ययनहरूका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायतका विषयमा छलफल भएको छ ।

छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई तथा वरिष्ठ अनुसन्धानकर्ता, डा दीपककुमार खड्का, डा मोहनकुमार शर्मा, डा खगनाथ अधिकारी, डा हरि शर्मा न्यौपाने, र डा कल्पना खनाल तथा मध्यपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक  डा यदुप्रसाद ज्ञवाली र फ्याकल्टी मेम्बर एवं पीएचडी स्कलर लोकबहादुर ओली सहभागी थिए ।

प्रतिष्ठान र  विश्वविद्यालयबीच गत माघ २६ गते आपसी सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?