+
+

अमेरिकामा आइसोलेशनको अवधि ५ दिन घटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १०:५८

१३ पुस, काठमाडौं । अमेरिकामा लक्षण नदेखिएका कोभिड-१९ का संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधिलाई १० दिनबाट घटाएर ५ दिन कायम गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले लक्षण नदेखिएका कोभिड संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधि १० दिनबाट घटाएर पाँच दिनमा झारेको हो । केन्द्रले आइसोलेशनमा बसेपछि थप पाँच मास्क लगाउन समेत सुझाव दिएको छ ।

निरन्तर कोभिड संक्रमण बढेको र अमेरिकाभर यात्रा अस्तव्यस्त भइरहेको बेला सीडीसीको पछिल्लो सुझाव आएको थियो । उक्त सुझाव बाध्यकारी छैन तर अमेरिकाका व्यवसायी र नीति-निर्माताले यसलाई नजिकबाट पछ्याएका छन् ।

अमेरिकामा पछिल्लो समय ओमिक्रोन नै सक्रिय भेरियन्टको रुपमा देखा परेको छ । त्यहाँ पछिल्ला २ दिनमा दैनिक संख्या २ लाखभन्दा बढी संक्रमण पुष्टि भएका छन् ।

तर ओमिक्रोन चिन्ताको विषय भएपनि डराइहाल्नु पर्ने अवस्था नरहेको राष्ट्रपति बाइडेनको भनाइ छ । एक अनलाइन बैठक बोल्दै अमेरिकाका अस्पतालमा अत्यधिक चाप पर्न सक्ने तर मुलुकमा राम्रो तयारी भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?