+
+
पोखरा ओपन तथा भेट्रान्स टेनिस :

कमल थापा : राजनीतिमा हार, लनटेनिसमा दोहोरो जित !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते ११:११

१३ पुस, पोखरा । केही दिन अघि सकिएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग हार व्यहोरेका कमल थापा राजनीतिज्ञमात्रै होइनन्, लनटेनिसका चर्चित खेलाडीसमेत हुन् ।

आफ्नो खेल कौशल प्रस्तुत गर्दै उनले पोखरामा जारी ओपन तथा भेट्रान्समा लनटेनिस प्रतियोगितामा दोहोरो जित निकाले ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका हुन् । उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेन्टमा जित हासिल गरेका हुन् ।

सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६-४, ६-० को सहज जित निकाले । सोही उमेर समूहको डबल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६-२, ६-१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भएका हुन् ।

प्रतियोगिता अन्तर्गत सोमबार भएका अन्य खेलहरुमा मेन्स ओपनतर्फ नेपालका शिर्ष वरियता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६-१, ६-२ ले, विष्णु नेपालीले गौरब प्रताप शाहलाई ६-१, ६-३ ले, नेहार जंगबहादुर थापाले प्रमोद बहादुर थापालाई ६-०, ६-० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६-०, ६-० ले, अक्कि जुवेन रावतले सौगात विकलाई ६-०, ७-६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६-०, ६-२ ले पराजित गरे ।

त्यस्तै उमन्स सिंगलतर्फ सलोनी तामाङ्गले रायना शाहलाई ६-४, ६-३ ले, शर्भानी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६-२ ६-० ले, भगवती विकले श्रेया भट्टराईलाई ६-३, ६-३ ले तथा गंगा शर्माले सुभांगी लक्ष्मी शाहलाई ६-१, ६-३ ले पराजित गरिन् ।

३५ वर्ष माथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३-६, ६-३ र सुपरटाईमा १०-६ ले, दावा शेर्पाले विकास गुरुङलाई ६-०, ६-१ ले, सञ्जय कुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६-४, ६-१ ले, भिष्म गुरुङले सबर मियालाई ६-०, ६-० ले, नविन श्रेष्ठले सोम मगरलाई ७-६, ६-२ ले, निरज थापाले मदन थापालाई ६-१, ६-१ ले, सिमान्त गुरुङले लक्ष्मण तामाङ्गलाई ६-७, ६-३ र सुपरटाईमा १०-१ को जित निकाले ।

४५ वर्ष माथिको एकलमा चन्द्र शाहीले सुकमान तामाङ्गलाई ६-२, ६-० ले, धरमसिंह लामिछानेले यज्ञबहादुर भण्डारीलाई ६-३, ६-२ ले, उत्तम लामाले रोहित सुनुवारलाई ६-४, ६-३ ले, उत्तम बोगटीले सुक्र शेरचनलाई ६-१, ६-० ले, विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६-३, ३-६ र सुपरटाईमा १०-७ ले, शिव सेढाईले मनोज श्रेष्ठलाई ६-१, ६-० ले तथा हुम आलेले विकास गुरुङलाई ३-६, ६-३ र सुपरटाईमा १०-७ ले तथा विमल गुरुङले शरण गुरुङलाई ६-१, ६-० ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको डवल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रकाश वाङगेल र इन्द्र गुरुङलाई ६-२, ६-२ ले, सीमान्त गुरुङ र भिष्म गुरुङको जोडीले निरज थापा र विकास गुरुङलाई ६-२, ७-५ ले, राजन पौडेल र नविन श्रेष्ठको जोडीले सुकमान तामाङ्ग र दुर्गा केसीलाई ४-६, ६-४ र सुपरटाईमा १०-६ ले पराजित गरे ।

प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको डवल्समा नविन चालिसे र बिरेन्द्र लामाको जोडीले पदम गुरुङ र राजकुमार घिमिरेको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६-४, ५-७ र सुपरटाईमा १०-४ ले पराजित गर्यो । निरेश श्रेष्ठ र गोपालदास मानन्धरको जोडीले केवी थापा र अमृत कार्कीको जोडीलाई ६-४, ४-६ र सुपरटाईमा पराजित गर्यो । ५५ वर्ष माथिको डवल्समा मनोज राणा र राम रानाको जोडीले विष्णु गुरुङ र शान्ता श्रेष्ठको जोडीलाई सहज जित निकाल्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?