+
+

पर्साबाट लागु औषधसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १२:५५

१३ पुस, पर्सा। प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?