+
+

जुम्लाका करीब ६ हजार बालबालिकालाई खोप

रासस रासस
२०७८ पुष १३ गते १३:४०
फाइल तस्वीर

१३ पुस, जुम्ला । जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । यहाँका २० हजार बालबालिकालाई कोभिड-१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाभरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको कार्यालय प्रमुख सापकोटाले बताए । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ । हालसम्म दुई हजार २३२ बालबालिकालाई खोप लगाइसकिएको छ । खोप कार्यक्रम जारी छ ।

कम मात्रामा खोप प्राप्त भएकाले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीले बताए । थप खोप माग गरेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ ।

तातोपानी गाउँपालिकामा ५४१, गुठीचौरमा ३६९ लाई खोप लगाइएको छ । यस्तै, पातारासी गाउँपालिकामा एक हजार ८०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य संयोजक रतन थापाले बताए ।

जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाईसमेत मोर्डना खोप लगाइने भएको छ । जुम्लामा सञ्चालित पाँचवटा ट्युसन सेन्टरमा अध्ययनरत १२ वर्षदेखि १७ वर्ष मुनिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महतले बताए ।

ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकासहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाउने निर्णय गरिएको छ ।

विद्यालयमा खोप लगाउन छुटेका १२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन आफू अध्ययनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रहसमेत गरिएको स्वास्थ्य संयोजक महतले बताए । जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ । यहाँका आठ स्थानीय तहमा १२ हजार २५० डोज खोप वितरण गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?