News Summary
Generated by OK AI. Editorially reviewed.- रुसी वैज्ञानिकहरूले अफ्रिकी देशमा फैलिएको इबोला भाइरसको नयाँ प्रजातिविरुद्ध नयाँ खोप विकास गरेका छन्।
काठमाडौं । अफ्रिकी देशमा फैलिएको इबोला भाइरसको नयाँ प्रजातिविरुद्ध रूसले खोप विकास गरेको छ । रूसी वैज्ञानिकहरूले इबोलाको नयाँ प्रजातिविरुद्ध खोप विकास गरेको दक्षिण अफ्रिकास्थित रूसी दूतावासले जानकारी दिएको छ । दूतावासले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको हो ।
दूतावासका अनुसार रुसले खोप विकास गरेको घोषणा स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले गरेका हुन् ।
यस खोपले अफ्रिकी मुलुक कंगोमा देखिएको दुर्लभ बुन्डीबुग्यो प्रजाति विरुद्ध पनि सुरक्षा प्रदान गर्ने दावी रूसी वैज्ञानिहरूले गरेका छन् । अफ्रिकाका केही भागहरूमा इबोलाको प्रकोप बढ्दै गएको छ । भाइरसका धेरै प्रकारहरू विरुद्ध खोप सुरक्षा तत्काल आवश्य रहेका बेला रुसको यो दावी आएको हो ।
विश्व स्वास्थ्य संगठनले मे १७ मा कंगो र युगान्डामा देखिएको इबोलाको प्रकोपलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । कंगोमा इबोलाको प्रकोप फैलिएपछि २०० भन्दा बढीको मृत्यु भइसेको डब्लुएचओले जनाएको छ ।
मे १८ देखि २३ सम्म जेनेभामा चलेको ७९औं विश्व स्वास्थ्य सभामा खोप उत्पादन र विश्वव्यापी सहयोगमा डब्लुएचओसँग छलफल भएको थियो ।
प्रतिक्रिया 4