
१३ पुस, मोरङ। मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ६ कक्षामा अध्यनरत उनीहरूलाई जनही १२ हजारका दरले अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको मानवअधिकार तथा शान्ति समाजले जनाएको छ ।
कटहरी गाँउपालिकाको थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिकाको दादर वैरियास्थित सरस्वती माविका आठजना गरी ३७ जना बालिकालाई छात्रवृत्ति रकम प्रदान गरिएको समाजले जनाएको छ ।
‘छोरी पढाऔ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानवअधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेल सबै बालिकाहरूलाई छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ ।
जनता माविमा आज आयोजित छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सभापति गोविन्द खनालले शान्ति समाजको पाँचवर्षे बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पार्दै यो अभियानले आर्थिक/सामाजिक रुपमा पछि परेकाहरूको उत्थानमा बल पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4