+
+

माओवादी महाधिवेशनमा भोलि १ बजेदेखि बन्दसत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १५:२४

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ ।

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।

बुधबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?