+
+

दिल्ली जाने हवाई यात्रुले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १५:२४

१३ पुस, काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्ने सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने भएको छ । नेपाल एयरलाइन्सले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो ।

काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने सबै यात्रुको साथमा ४८ घण्टा भित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । उनीहरुले नेपाल सरकारले अनिवार्य गरेको सीसीएमसीको प्रस्थान फारम समेत भर्नुपर्ने सूचनामा उल्लेख छ । साथमा भारत सरकारले अनिवार्य गरेको एयर सुविधा फारम भर्नुपर्ने सूचनामा जनाइएको छ ।

यस्तो फारम नयाँ दिल्ली विमानस्थलको वेवसाइटमा राखिएको छ । यसरी फारम भर्ने यात्रुले मात्र उडानको मौका पाउने नेपाल एयरलाइन्सले जनाएको छ । निगमले उडान तालिकामा समेत परिवर्तन भएको जनाएको छ । अब नेपाल एयरलाइन्सको जहाज दिल्लीका लागि हरेक दिन दिउँसो ११ः४० मा दिल्ली उड्ने छ । यो जहाज सोही दिन ४ः२० मिनेटमा काठमाडौं अवतरण गर्नेछ ।

अहिले नेपालमा भारतसँग एयर बबल स्किम अनुसार उडान भइरहेको छ । भारतबाट एयर इण्डिया र नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्छन् । यसमा दुई मुलुकका नागरिक र तेस्रो मुलुकका अनुमति प्राप्त यात्रुले मात्र उडान गर्न सक्छन् ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?