+
+

झिनो अंकले घट्यो नेप्से परिसूचक, ३१२ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १५:२७

१३ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ ।

कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ पुगेको छ ।

मंगलबार बैंकिङ, होटल तथा पर्यटन, बिमा कम्पनी, लघुवित्त लगायत समूहमा रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेको छ । उता व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स कम्पनी लगायतका कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?