+
+
Shares

प्राइम लाइफमा नक्कली कर्मचारी देखाएर ३ करोड अनियमितता

रोयल आचार्य रोयल आचार्य
२०७८ पुष १३ गते १६:१२

१३ पुस, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर करोडौं रकम अनियमितता गरेको पाइएको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपैयाँ भन्दा धेरै अनियमितता गरेको फेला पारेको हो ।

प्राइम लाइफ इन्स्योरेन्सले २९ जना कर्मचारी नियुक्त गरेको भनिए पनि त्यो सबै फर्जी कागजात बनाइएर नियुक्त गरे जस्तो देखिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७६/७७ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ शाखामा कर्मचारी नियुक्त गरिएको विवरण बनाइएको छ ।

‘अनियमितता भएको निष्कर्ष निस्किसकेको छ, को कति दाषी भन्ने कुरा बुझिरहेका छौं’ कार्यकारी निर्देशक पौडेलले भने । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाए पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको समितिले बताएको छ ।

बिमा ऐन, २०४९ अनुसार यस्तो कसुर गर्नेलाई १० हजार रुपैयाँ जरिवाना वा २ वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।

कम्पनीका सूचना अधिकारी चिरायु भण्डारीले भने यो विषय आजभन्दा चार वर्ष पुरानो भएको बताए । अहिले बाहिर ल्याइए पनि कम्पनीले प्रक्रिया पुर्‍याएरै कर्मचारी नियुक्ति गरिएको उनको दावी छ ।

‘प्रक्रिया पूरा गरेर नै कर्मचारी भर्ना गरिएको हो, नियुक्ति दिएर बैंकमा तलब समेत पठाइएको छ,’ भण्डारीले भने, ‘चार वर्ष अगाडिको कुरा हो अहिले खै कताबाट आयो, प्रक्रिया पुर्‍याएरै काम भएको हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?