१३ पुस, काठमाडौं। एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल चौथो भएको छ ।
बंगलादेशको ढाकामा तेस्रो स्थानको लागि मंगलबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएपछि नेपालले कुनै पदक जित्न सकेन ।
लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ सेटमा पराजित गरेको थियो। तर निर्णायक खेलमा उज्वृकिस्तानले बदला लिँदै नेपाललाई हराएर तेस्रो स्थान हात पार्यो ।
उज्वेकिस्तानसंग नेपाल २५-१५, २५-१७, २५-२२ ले पराजित भयो । पाँच राष्ट्र सहभागि पुरुष भलिबलमा नेपालले पदक छुने लक्ष्य बनाएपनि सफल हुन सकेन ।
महिला टोलीले भने मंगलबार उज्वेकिस्तानलाई नै ३-२ ले पराजित गर्दै सेन्ट्रल जोनको उपाधि रक्षा गरेको छ ।
प्रतिक्रिया 4