+
+

यु-१९ एसिया कपमा नेपाल जितविहीन, अन्तिम खेलमा कुवेतसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १९:१५

१३ पुस, काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल जितविहीन भएको छ । समूह चरणको अन्तिम खेलमा पनि मंगलबार नेपाल कुवेतँग एक विकेटले पराजित भएको छ ।

युएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले दिएको २४० रनको लक्ष्य कुवेतले ४८.५ ‍‌ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर तथा कप्तान मित भाब्सरले अविजित रहँदै १७५ रनको शतकीय इनिङ्स खेलेपछि नेपाल झिनो अन्तरले पराजित भएको हो । कुवेतका जुड साल्दन्हाले २५ रन जोडे ।

बलिङतर्फ नेपालका गुल्सन झाले ३ विकेट लिए । शेर मल्ल, बसिर अहमद र विवेक यादवले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २३९ रन जोडेको थियो । नेपालका लागि बसिर अहमदले ५६, विवेक मगरले ५०, आदिल अन्सारीले ४९, शेर मल्लले २१ र दिपेश कँडेलले १५ रन जोडेका थिए । त्यस्तै अर्जुन साउदले १०, गुल्सन झाले ७, सन्तोष कार्की र देव खनालले समान ५ रन जोडे ।

नेपालले यसअघि श्रीलंका र बंगलादेशसँगको खेल पनि हारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?