+
+

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध फुकुवा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १९:२६

१३ पुस, काठमाडौं। इजरायलले ५५ देशमा यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ ।

अधिकांश अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वेलगायत केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् ।

यद्यपि, मेक्सिकोलाई खतराको रातो सूचीमा थपिनेछ र योसँगै संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जानिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की पनि त्यस सूचीमा पर्नेछन् ।

प्रतिबन्धित देशहरूबाट फर्केका इजरायलीहरू, खोप लगाएका र निको भएकाहरूसहित, कम्तीमा सात दिनको लागि क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?