+
+

रेडपाण्डाको छालासहित सेना र प्रहरीका कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १९:३१

१३ पुस, काठमाडौं । प्रहरीको महानगरीय अपराध महाशाखाले दुलर्भ वन्यजन्तु रेडपाण्डाको छालासहित नेपाली सेना र नेपाल प्रहरीका तीन कर्मचारीलाई पक्राउ गरेको छ । एक जना सर्वसाधारण पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेनाका हवल्दार निरबहादुर घले, प्रहरीका कार्यालय सहयोगी (प्रकाश) मोहन कर्ण कार्की, कृष्ण तामाङ र सर्वसाधारण सुरेश गिरी छन् ।

अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले चार जना पक्राउ परेको पुष्टि गरेपनि संगठनमा संलग्नताबारे पुष्टि भइनसकेको अनलाइनखबरलाई बताए । उनले भने, ‘दुई जना प्रहरी कर्मचारी भएको खुलिसकेको छ, सेनाको हकमा पुष्टि भइसकेको छैन ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सैनिक कर्मचारी भएको पुष्टि भए अनुसन्धान र कारबाही प्रक्रिया जंगीअड्डाले नै अघि बढाउँछ । ‘सैनिक अदालत छल्न पनि पक्राउ पर्ने सेनाका कर्मचारीले आफू सैनिक भएको बताउँदैनन्’ उनी भन्छन्, ‘जंगीअड्डासँग पनि समन्वय गर्छौं र सैनिक भएको पुष्टि भए उतै बुझाउँछौं ।’

उनीहरुको साथबाट रेडपाण्डाको चार वटा छाला बरामद भएको खापुङले बताए । थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?