
१३ पुस, काठमाडौं । कास्कीको पोखरास्थित पर्यटन बोर्डको हलमा फोटो प्रदर्शनी शुरु भएको छ ।
फोटो पत्रकार क्लब (पीजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरु प्रदर्शनीका लागि राखिएको फोटो पत्रकार क्लबका प्रवक्ता विकास द्वारेले जानकारी दिए । फोटो प्रदर्शनी पुस १६ गतेसम्म चल्ने छ ।
फोटो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य तथा आईएमई र ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन रहेको फोटो प्रतियोगितामा छानिएका १ सय ७५ मध्ये उकृष्ट ११७ फोटो राखिएको छ ।
विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण रोकिएको प्रदर्शनी अहिले ५ औं पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलसँगको सहकार्यमा पोखरामा गरिएको हो ।
नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यवसायिक र एमेच्योर फोटोग्राफरका गरी जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया 4