+
+

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते ९:४९
हुम्ला एयर्पोट । फाइल तस्वीर

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो ।

एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।

डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।

सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?