+
+

हिमपातले तातोपानी नाका अवरुद्ध

रसुवागढीबाट ७ कन्टेनर सामान भित्रियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १३:३१
फाइल तस्वीर

१४ पुस, काठमाडौं । भारी हिमपातका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ ।

तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए ।

माथिल्लो भागमा हिउँ र तल्लो भागमा नियमित वर्षाका कारण नाका भएर हुने आयात बिहानैदेखि अवरुद्ध भएको उनले जानकारी दिए । ‘दैनिक झण्डै दर्जन हाराहारी कन्टेनर सामान बोकेर भित्रिन्थे, हिमपात र वर्षाका कारण आज ठप्प छ,’ भन्सार कार्यालय प्रमुख गौतमले भने । गत वर्ष पनि हिमपातले नाका अवरुद्ध भएको भन्दै उनले यो पटकको अवस्था कस्तो छ भन्नेबारे चिनियाँसँग जानकारी लिने तयारी भइरहेको गौतमले बताए ।

हिमपातका बाबजुत पनि रसुवागढी नाकाबाट भने दैनिक कोटाको ७ वटा कन्टेनर नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

केरुङतर्फ भारी हिमपात भए पनि रसुवागढीमा जनजीवन ठप्प हुनेगरी हिउँ नपरेको रसुवागढी भन्सार कार्यालयल प्रमुख रामप्रसाद मैनालीले बताए । हिमपातका बाबजुत पनि बुधबार दैनिक आयात हुने कोटाअनुसारको ७ कन्टेनर सामान नाकाबाट भित्रिएको मैनालीले बताए ।

‘आजको कोटाको सामान बिहानै भित्रिएको छ, माथितिर हिमपात धेरै देखिएकोले बिहीबारबाट के हुन्छ भन्न सकिने अवस्था छैन,’ रसुवागढी भन्सार कार्यालय प्रमुख मैनालीलले भने ।
हिमपातकै कारण नाका सञ्चालनमा अवरोध देखिन्छ वा देखिँदैन भन्नेबारे चिनियाँ पक्षसँग जानकारी दिने प्रयास भइरहेको पनि उनले बताए ।

नेपाल–चीन वैदेशिक व्यापारका दुईं प्रमुख नाका रसुवागढी र तातोपानी दुवै समुन्द्र सतहबाट दुई हजार ४ सय मिटरभन्दा माथि छन् । अझ चिनियाँ सहरसम्म पुग्ने सडकम मार्गको उचाइ ४ हजार मिटरसम्म रहेका कारण हरेक वर्ष हिमपातले द्विपक्षीय व्यापारमा अवरोध पुर्‍याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?