+
+

मुम्बई पुगेका राजेशले भने- हिन्दी फिल्मका लागि कुरा हुँदैछ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १३:३२

१४ पुस, काठमाडौं । अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् । नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रममा राजेशले भने, ‘निर्माता राजेश चौधरी र मबीच कुराकानी पनि भइरहेको छ । म त कलाकार हुँ । म हरेक भाषाका चलचित्रमा काम गर्न चाहन्छु ।’

अभिनेता राजेश हमालले सार्वजनिक नयाँ गीतले नेपाल र भारतको भाषा र संस्कृतिलाई जोडेको पनि उल्लेख गरे ।

साथै उनले मुम्बई शहरको पनि प्रशंसा गरे । राजेशले भने, ‘मलाई मुम्बईको खानेकुरा निक्कै मनपर्छ । मुम्बईमा इनर्जी छ । यहाँ थुप्रै भाषा बोल्ने मानिसहरु बस्छन् । सबैले मुम्बईलाई आफ्नो शहर ठान्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?