+
+

राजसंस्थाको आवश्यकता अझ बढ्यो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १५:०१
फाइल तस्वीर

१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने दाबी गरे ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे । ‘सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन । अहिले पछिल्लो दिनमा त्यही खतरा हाम्रो देशले बोकिराखेको छ,’ उनले भने, ‘त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु ।’

उनले राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने तत्कालीन राजा वीरेन्द्रले प्रमाणित गरेको उनको दाबी छ ।

पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?