+
+

पार्टीभित्रको प्रतिपक्षीलाई सम्मान नभए ध्रुवीकरण झन् बढ्छ : अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १५:०३

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई एकतावद्ध बनाउन नेतृत्वलाई सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।  महाधिवेशनले कांग्रेसमा ध्रुवीकरण ल्याएको भन्दै सभापति शेरबहादुर देउवाले एकताका लागि पार्टीभित्रका सबै पक्षलाई समान व्यवहार गर्नुपर्ने उनले बताए ।

‘पार्टीलाई समग्र रुपमा एकतावद्ध बनाउन हामीले कुन रुपमा योगदान गर्नुपर्छ, त्यसमा हामी तयार छौं,’ उनले अनलाइनखबरसँग भने, ‘हामीले महाधिवेशनमा हार्‍यौं । तर लोकतन्त्रमा आन्तरीक प्रतिस्पर्धामा पराजित भन्ने हुँदैन। पार्टीभित्र सबैको जितको सुनिश्चिता गर्ने र आन्तरिक प्रतिपक्षमा देखिएको जनमतलाई सन्तुलित र संयक ढंगले निकास दिने जिम्मेवारी नेतृत्वको हो। त्यसको प्रतिक्षामा हामी छौं ।’

उनले केही महिनापछि नै तीन तहको निर्वाचन सुरु हुने भएकाले पार्टीलाई थप ध्रुवीकरण हुनबाट जोगाउनुपर्नेमा जोड दिए । ‘वडादेखि नै पार्टीभित्र तीव्र ध्रुवीकरण छ । सभापतिजीले त्यसलाई कसरी व्यवस्थापन र सन्तुलन गर्नुहुन्छ, त्यो उहाँको क्षमताको कुरा हो,’ उनले भने, ‘पार्टीभित्रको प्रतिपक्षलाई सम्मान हुन जरुरी छ । नत्र स्थानीय, प्रदेश र केन्द्रीय आमनिर्वाचिनमा पार्टीभित्र अहिले देखिएको शीतयुद्धको निकारण सहज छैन।’

केसीले सभपातिका उम्मेदवार डा. शेखर कोइराला समूहलाई न्यायोचित व्यवहार हुनुपर्ने बताए । ‘पार्टीभित्रको प्रतिपक्षी भूमिकामा हामी छौं । लोकतन्त्रमा मत विभाजन हुन्छ, तर मन विभाजन हुन दिनहुँदैन,’ उनले भने, ‘राजनीति एजेण्डामा हुनुपर्छ, भागबण्डामा होइन । तर त्यसो भन्दै गर्दा आन्तरिक प्रतिपक्षलाई न्यायोचित व्यवहार हुनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?