
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरास्थित आफ्नै शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणीको टीभीएस रेडर सार्वजनिक गरेको छ ।
सप्तरंग ३ का गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री लगायतको उपस्थितिमा रेडर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज जस्ता विशेषता रहेको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4