+
+

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते २०:३२

१४ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सहकारीमा रकम वचत गर्नेहरुको रकम ठगीको आरोपमा उनलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

सिंहका अनुसार पूर्वलेखासमिति सदस्य हरिहर लामिछानेलाई ५० लाख, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई १५ लाख, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधारलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख र सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंहलाई १० लाख रुपैयाँ धरौटी मागिएको छ ।

जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख र असिस्टेन्ट संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।

तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?