+
+

शाखा अधिकृतको आवेदन १८ पुससम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १९:२९

१४ पुस, काठमाडौं। लोकसेवा आयोगले शाखा अधिकृतको आवेदन आगामी १८ गतेसम्म लिन बन्द गरेको छ ।

आयोगले सूचना जारी गर्दै उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशको कारण दरखास्त संकलन कार्य १८ गतेसम्म स्थगित गरेको जनाएको छ ।

उच्च अदालत पाटनबाट शाखा अधिकृतको विज्ञापन बमोजिमको काम छलफलको मितिसम्म नगरी यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश भएकाले दरखास्त संकलनको काम स्थगित गरेको लोकसेवा आयोगले जनाएको छ ।

राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सञ्चालनमा रहेको बढुवा एवं खुला विज्ञापनतर्फ दरखास्त लिने कार्य स्थगित गरेको हो ।

आयोगले निजामति सेवातर्फका विभिन्न सेवा समूहका राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहको पदका लागि बढुवा र खुला तथा समावेशी प्रतियोगितातर्फ विज्ञापन गरी दरखास्त लिइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?