+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

एमसीसीविरुद्ध नेमकिपाको बानेश्वरमा खबरदारी सभा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ पुष १६ गते १४:४४

१६ पुस, काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खबरदारी सभा गरेको छ ।

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खबरदारी सभा गरेको हो ।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।  कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी र पुरानो बानेश्‍वरबाट आएका प्रदर्शनकारीले पानी ट्‍यांकी अगाडि एमसीसीविरुद्ब नाराबाजी गरेका छन् ।

सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौंता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गरे । उनले सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए ।

नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गरे । उनले एमसीसी सम्झौंता गरेर देशलाई घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने पनि बताए ।

‘देश घात गर्ने एमसीसी सम्झौंता गर्ने शासकहरुलाई चिन्नुपर्छ । र ती दलका इमान्दार सांसदहरुलाई हामी भन्न चाहन्छौं–यो संसदमा पेश गर्न नदिनु होला । र यसलाई पास गर्नु हुन्न । यसलाई कार्यान्वयन गर्नु हुन्न । एमसीसीलाई श्रीलंकाले जसरी राष्ट्रिय सुरक्षामा खतरा हुने भन्ने निष्कर्ष निकालेर खारेज गरे ।’ नेता सुवालले भने, ‘त्यसरी नै हामी नेपालले पनि यो सम्झौंतालाई खारेज गर्नु आवश्यक छ । यो सम्झौंता खारेज नभएसम्म नेपाल मजदुर किसान पार्टीले नेपाली जनतासँग मिलेर यो सम्झौंतालाई खारेज गराउनका लागि संघर्ष चालू राख्नेछ ।’

नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताए । खबरदारी सभामा देशघाती एमसीसी सम्झौंता खारेज गरलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।

 

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?