
१६ पुस, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रतिबन्ध लगाए अमेरिकासँगको सम्बन्ध पूर्णरूपमा टुट्ने चेतावनी दिएका छन् ।
बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्ताका क्रममा पुटिनले युक्रेनलाई लिएर नयाँ प्रतिबन्ध लगाए अमेरिकासँगको सम्बन्ध पूर्णरूपमा टुट्ने चेतावनी दिएका हुन् । नयाँ प्रतिबन्ध लगाउने कार्य ठूलो गल्ती हुने पनि पुटिनको भनाइ थियो ।
झण्डै एक घण्टासम्म चलेको टेलिफोन वार्तामा बाइडेनले युक्रेनमाथि हुने हरेक खाले हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले दृढतापूर्वक जवाफ दिने बताएका थिए । उनले पुटिनलाई कूटनीतिक समाधान खोज्नसमेत आग्रह गरेको बीबीसीले जनाएको छ ।
दुबै मुलुकबीच तनाव बढिरहेका बेला भएको उक्त वार्तामा पुटिन र बाइडेनले युक्रेनबारे छलफल गरेका थिए । तनाव घटाउने प्रयास स्वरुप रुसको आग्रहमा पछिल्लो वार्ता भएको हो ।
रुसले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना तैनाथ गरेको समाचार बाहिर आएपछि अमेरिकासहितका पश्चिमी मुलुकले युक्रेनमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिइसकेका छन् ।
तर, तनाव कम गर्न दुबै राष्ट्रपतिले एक महिनाको अवधिमा दुई पटक संवाद गरिसकेका छन् । बीबीसीबाट
प्रतिक्रिया 4