+
+

यी हुन् एप्पलले यो वर्षदेखि बन्द गरेका प्रडक्टहरू

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते २०:११

१६ पुस, काठमाडौं । यो वर्ष सन् २०२१ मा एप्पलले २४ इन्चको नयाँ आइम्याकदेखि ४ मोडेलका आइफोन १३ लगायतका नयाँ उत्पादनहरू बजारमा ल्यायो ।

संसारकै मूल्यवान कम्पनी एप्पलले यो वर्ष केवल नयाँ उत्पादन बजारमा ल्याएको मात्र होइन यसअघिका आफ्ना विभिन्न प्रडक्टहरूलाई सदाका लागि बिदाइसमेत गरेको छ । एप्पलले यो वर्षदेखि उत्पादन बन्द गरेका आफ्ना विभिन्न उपकरण तथा पाटपुर्जाहरू:

१. होमपडः गत मार्च महिनामा एप्पलले पूर्ण आकारको होमपडको उत्पादन बन्द गरेर त्यसको श्रोतलाई होमपड मिनी बनाउन प्रयोग गर्ने घोषणा गर्यो । यद्यपि, हाल प्रयोगमा रहेका पूर्ण आकारका होमपडका लागि मर्मत, सफ्टवेयर अपडेट तथा सपोर्ट भने निरन्तर प्रदान गर्ने एप्पलले जनाएको छ ।

एप्पलले ठूलो पूर्ण आकारको होमपड सन् २०१८ को फेब्रुअरीदेखि बजारमा ल्याएको हो । जसको मूल्य ३४९ डलर तोकिएको थियो, जुन यसका प्रतिस्पर्धी गुगल तथा अमेजनका स्मार्ट स्पिकरहरूभन्दा महंगो थियो ।

अमेजनको इको र गुगलको होमभन्दा महंगो हुनुका कारण एप्पलको होमपड धेरै उपभोक्ताको रोजाइमा पर्न सकेन । होमपडको मूल्य घटाएर २९९ डलर कायम गर्दासमेत बिक्रीमा सुधार नआएपछि एप्पलले यो प्रडक्टलाई बिदा गर्ने निर्णय गरेको हुनुपर्दछ ।

२. आइम्याक प्रो : सन् २०२१ को मार्च महिनामै एप्पलले होमपडसँगै आइम्याक प्रोको उत्पादन पनि बन्द गर्ने निर्णय गर्‍यो । २७ इन्चको आइम्याक प्रो आइम्याक प्रयोगकर्ताबीच निकै लोकप्रिय रहेको बताउँदा बताउँदै पनि एप्पलले त्यसको साटो म्याक प्रो प्रयोग गर्न सुझाव दिएको छ ।

सन् २०१७ मा पहिलोपटक बजारमा आएको आइम्याक प्रोमा एप्पलले खासै हार्डवेयर अपडेट गरेन । जसका कारण आइम्याक प्रोको तुलनामा २७ इन्चको अर्को आइम्याक सस्तो तथा फास्ट देखियो ।

आइम्याक प्रो बन्द गरेसँगै एप्पलले आगामी वर्ष एम वान प्रो तथा एम वान म्याक्स चिप्ससहितका २७ इन्चका प्रिमियम आइम्याकहरू बजारमा ल्याउने अपेक्षा गरिएको छ ।

आइम्याक प्रो बन्द गरेको केही महिनापछि नै एप्पलले म्याकको म्याजिक किबोर्ड, म्याजिक ट्रयाकप्याड तथा म्याजिक माउसको स्पेस ग्रे भर्सन छुट्टै बिक्री गर्न पनि बन्द गर्यो । हाल उल्लेखित एसेसरिजहरू सिल्भर भर्सनमा चाहिँ बिक्री भइरहेका छन् ।

३. २१.५ इन्चको आइम्याक

एप्पलले गत अक्टोबरमा आफ्नो २१.५ इन्च मोडेलको अन्तिम आइम्याकको उत्पादन पनि बन्द गरेको छ । शैक्षिक संस्था तथा विद्यार्थीहरूलाई लक्षित गरी उत्पादन गरिएको यो आइम्याक अन्य मोडेलभन्दा सस्तो थियो ।

एप्पलले आफ्नै एमवान चिपयुक्त अल्ट्राथिन २४ इन्चको आइम्याक ल्याएसँगै २१.५ इन्चको यो आइम्याक बन्द गर्नुपरेको हो । हाल एप्पलसँग प्रिमियम म्याक मिनी, २७ इन्चको आइम्याक र म्याक प्रो गरी इन्टेल चिपयुक्त तीनवटा आइम्याक छन् ।

एप्पलले सन् २०२१ मा केही थप प्रडक्टलाई Vintage तथा Obsolete सूचीमा राखेको छ । एप्पलको अब्सोलेट सूचीमा राखिएका प्रडक्टहरूमा सन् २०१२ मा रिलिज भएको चौथो पुस्ताको आइप्याड, १६ जिबीको पाँचौं पुस्ताको आइपड टच, सन् २०११ मा रिलिज भएको आइप्याड टु तथा रेटिना डिस्प्ले सहितको १३ इन्चको म्याकबुक प्रो रहेका छन् ।

त्यस्तै भिन्टेज सूचीमा थपिएका प्रडक्टहरूमा आइफोन प्लस, थर्ड जेनेरेसन एप्पल टिभी र एप्पल एए ब्याट्री चार्जर रहेका छन् ।

स्मरण रहोस् एप्पलले ५-७ वर्षदेखि बिक्री बन्द गरेका प्रडक्टलाई Vintage सूचिमा राख्दछ भने बिक्री बन्द गरेको ७ वर्षभन्दा धेरै समय भइसकेका प्रडक्टलाई इदकयभितभ सूचीमा राख्दछ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?