+
+

एमाले सम्झिएर रोइन् मन्त्री झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते २१:३०

१६ पुस, गुल्मी । शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन्  । एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन छ ।

त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’

‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् ।

निर्वाचन भए एमाले पत्तासाप 

मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताइन् । मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन् ।

सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन् ।

जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको उनको भनाइ छ । संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई मन्त्री झाँक्रीले सुझाव दिइन् ।

मन्त्री झाँक्रीले अहिलेको गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचन पश्चात पनि कायमै रहेन बताइन् । मन्त्री झाँक्रीले देशको आवश्यकताको आधारमा एमालेकै सक्रियतामा गठबन्धन बनेको दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?