+
+

प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १९:३३

१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

भारत भ्रमणमा रहेकी देउवा र आफूबीच आइतबार भेट भएको चौथाइवालेले ट्विटरमार्फत जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा निजी भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीमा छिन् । यसअघि गत भदौमा चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी देउवाले उनलाई राखी बाँधिदिएकी थिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारी भइरहेका बेला त्यसअघि नै उनकी पत्नी दिल्ली पुगेर त्यहाँको सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग भेट वार्ता गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?