+
+
Shares

अख्तियारले बयानका लागि तीन दिनको म्याद तामेली गरेपछि आरजुले पठाइन् इमेल

पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरजु राणा देउवाको घरमा म्याद तामेली गरेपछि राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएर तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी खरिद प्रकरणमा बयानका लागि म्याद तामेल भएपछि आरजु राणा देउवाले आफू विदेशमा उपचार गराइरहेकाले तत्काल उपस्थित हुन नसक्ने भन्दै अख्तियारलाई इमेल पठाएकी छिन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणको अनुसन्धानका सिलसिलामा देउवाको बूढानीलकण्ठस्थित निवासमा तीन दिनभित्र उपस्थित हुन म्याद तामेल गरेको थियो।
  • कागजी रूपमा संलग्नता नदेखिए पनि राहदानी ठेक्काको डिजाइनमा आरजु रका छोरा जयवीर संलग्न रहेको उजुरीमा उल्लेख छ।

४ असार, काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै  घरमा म्याद तामेल गरेपछि पूर्वमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन् ।

अख्तियार स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको हो । स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गरिएको छ ।

‘अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उपचारको कारण देखाएर तत्कालै उपस्थित हुन नसक्ने भन्दै आरजुको नामबाट इमेल आएको छ’ अख्तियार स्रोतले भन्यो ।

पासपोर्ट खरिद प्रकरणकमा अनुसन्धान अघि बढाएपछि अख्तियारले आरजुको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल समेत गरेको थियो । जहाँ बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु, उनका पति तथा पूर्वप्रधानमन्त्री, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर छन् ।

अख्तियार उच्च स्रोतबाट प्राप्त कागजात केलाउँदा, गतवर्षको पासपोर्ट खरिद प्रक्रियामा परराष्ट्रमन्त्री डा. आरजु देउवाको कुनै लिखित निर्देशन वा अन्य निर्णय देखिँदैन ।

अनुसन्धानको दायरामा आरजु कसरी जोडिइन् ?

कार्यालय प्रमुख (राहदानी विभागका महानिर्देशक)को तहबाट टुंगिने खरिद प्रक्रियामा त्यो भन्दा माथिल्लो तहका अधिकारीहरुको समेत कागजी संलग्नता रहँदैन । त्यसो भए के आधारमा तत्कालीन परराष्ट्रमन्त्रीलाई अख्तियारले अनुसन्धानको दायरामा ल्यायो त ?

अख्तियारसम्बद्ध स्रोतका अनुसार, कागजी रुपमा कुनै भूमिका नदेखिए पनि ठेक्कापट्टाको डिजाइनदेखि प्याकेज बनाउने र ठेकेदारहरू मिलाउने काममा आरजु मात्रै होइन, उनका छोरा जयवीर देउवा समेत संलग्न रहेको भनी उजुरीहरू परेका छन् ।

राहदानी विभागबाट इ-पासपोर्टको ठेक्का हुनुअघि देउवा दम्पतीका छोरा जयवीर, राष्ट्रपति रामचन्द्र पौडेलका तत्कालीन राजनीतिक सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापालगायतका समूह र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालबीच बारम्बार भेट भएको सूचना अख्तियारको अनुसन्धान टोलीले पाएको थियो ।

अख्तियार, संसदका विभिन्न समिति लगायतका निकायमा पेश गरेको उजुरी एवं पुनरावलोकनपत्र अनुसार, टेण्डरको प्राविधिक मूल्यांकन गर्दा नै प्रक्रिया मिचिएको थियो । टेण्डर कागजातमा ब्लेड सर्भर राख्नुपर्ने शर्त रहेकोमा छानिएका कम्पनीहरुले र्‍याक सर्भर उपलब्ध गराउने प्रस्ताव गरेको थियो र टेण्डर मूल्यांकनमा त्यसलाई स्वीकार गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?