+
+
Shares

महोत्तरीबाट पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १९:४७

१८ पुस, वीरगञ्ज। सशस्त्र प्रहरीले पेस्तोल र लागूऔषधसहित महोत्तरीबाट एकजनालाई पक्राउ गरेको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवाडीलाई लोहरपट्टी-९ पिपराडी ईलाकाबाट आइतबार साँझ उनलाई पक्राउ गरिएको हो ।
उनको साथबाट अमेरिकन पेस्तोल र नाईट्रोभेट १० पिससमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल खुट्टा पिपराडी बेसको सशस्त्र प्रहरी नायब निरीक्षक निलहरी दहाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।

उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?