+
+

धनगढी विमानस्थलबाट चरेससहित युुवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते ११:११

१९ पुस, धनगढी । धनगढी विमानस्थलबाट प्रहरीले लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । बैतडीको डिलासैनी गाउँपालिका-२ का २० वर्षीय सन्तोष बोहरा प्रकाउ परेका हुन् ।

धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा उनलाई १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा बोहराले आफूले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?