
१९ पुस, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादी छाडेर नेपाली कांग्रेस प्रवेश गरेकी छन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको आमसभामा उपाध्यक्ष गौतम कांग्रेस प्रवेश गरेकी हुन् ।
उनीसहित पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतमलगायतका नेताहरुले स्वागत गरे ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएकी उनले नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेकी थिइन् । गौतम गाउँपालिका महासंघकी केन्द्रीय सदस्य समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4