+
+

तोकिएकै समयमा काम सक्न भूमि आयोगका पदाधिकारीलाई मन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १६:४०

१९ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले बहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै कार्ययोजनाअनुसार छिटो र परिणाममुखी काम गर्न निर्देशन दिएकी हुन् ।

तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिँदै काम गर्दा केही नीतिगत र कानुनी रुपमा समस्या छन् भने त्यसको समाधानका लागि मन्त्रालय तयार रहेको उनले बताइन् ।

मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएको थियो । छलफलमा मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिन देखिनै प्रभावकारी रुपमा काम गर्दै आएको र सरकारले जुन उदेश्य लक्ष्य र प्राथमिकताका साथ जिम्मेवारी दिएको छ त्यो पूरा गर्न आफूहरु तत्पर रहेको बताए । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले छिटो र प्रभावकारी रुपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?