+
+

रुकुम पूर्वमा हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित घुसदुङमा हिउँमा फसेका १४ जना मजुदरको सोमबार दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १७:४०

१९, पुस दाङ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित घुसदुङमा हिउँमा फसेका १४ जना मजुदरको सोमबार दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।
बाटो निर्माण गर्नेक्रममा भारी हिमपताका हप्तादिन यता हिउँमै फसेका १० पुरुष र चार महिला गरी १४ जना स्थानीय मजदुरलाई नेपाली सेनाको हेलिकप्टरबाट सोमवार दिउँसो दुई बजे उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाका अनुसार हिउँमा फसेर हप्तादिन यता ओढारमा बसेका अवस्थामा हेलिकप्टरबाट चार खेपमा गरी उनीहरुको उद्धार गरिएको हो ।

वडाको बाटो निर्माण गर्न पुगेर हिउँमा फसेका स्थानीय मजदुरहरुलाई उद्धार गरेर उनीहरुकै गाउँ पेल्मा पठाइएको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले अनलाइनखबरलाई बताए ।

वडा नं. २ मा घोडेटो बाटो निर्माणका क्रममा पुगेका गत पुस १३ र १४ गते परेको भारी हिमपातका कारण हप्तादिन यता भारी मात्रामा हिमपात फसेका थिए । आइतवारमात्रै मजदुरहरु अलपत्र परेको सूचना प्राप्त भएपछि उद्धारका लागि हेलिकोप्टर पठाइदिन गृहमन्त्रालयमा आग्रह गरिएको थियो ।

सोही अनुरुप सोमवार नेपाली सेनाको हेलिकष्टर आएपछि उनीहरुको उद्धार गरिएका प्रजिअ बास्कोटाले बताए ।

हिउँमा फसेका जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन गरीलाई उद्धार गरिएका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?