+
+

महुली लघुवित्त शेयर लिलामी- मिति थपियो, मूल्य घटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १२:३२

२० पुस, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा ल्याएको शेयर तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि पुनः मिति थप गरिएको छ । संस्थाको शेयर लिलामीमका लागि आवेदन दिने मिति थप हुनुका साथै न्युनतम मूल्यसमेत घटाइएको छ ।

पुस ४ गतेदेखि लिलामीमा ल्याएको तीन हजार ५०० कित्ता संस्थापक शेयर खरीदका लागि बोलपत्र पेस गर्ने अवधि दोस्रो पटक थप भएको छ । कम्पनीले यस पुस ११ गतेसम्म उक्त शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेकोमा पहिलो पटक सात दिन अवधि थप गरी पुस १८ गतेसम्म कायम गरेको थियो । यो अवधिमा पनि कम्पनीले दोस्रो पटक १० दिन थप गरी पुस २८ गतेसम्म कायम गरेको हो ।

उता यस अघि शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३५ रुपैयाँ तोकिएकोमा यो मूल्य घटाएर प्रतिकित्ता ६०५ रुपैयाँ बनाइएको छ । महुली लघुवित्तको शेयर दोस्रो बजारमा सोमबार १५६० रुपैयाँमा किनबेच भएको थियो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?