+
+

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा लोसपाका उम्मेदवार श्याम सरदार र रुपा यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १२:३३

२० पुस, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारी दिने भएको छ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश दुई अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।

सरदार अन्य समूहबाट र यादव महिला समूहबाट उम्मेदवार बनेका हुन् । प्रदेश २ मा दुई पदका लागि हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने छ । सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।

सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।

यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छन् । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ सांसद छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८-८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?