
२० पुस, काठमाडौं । गायक विक्रम धमलाले ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ प्राप्त गरेका छन् । सोमबार साँझ काठमाडौंमा आयोजित समारोहमा उनले ‘महसुस गर’ बोलको गीतबाट वर्षको ‘सर्वोत्कृष्ट आधुनिक पुरुष गायन’तर्फको अवार्ड हात पारेका हुन् ।
उनले सुमन केसी, राजीव राज, गुणराज श्रेष्ठ र चन्द्र लवारलाई पछि पारेका हुन् ।
सुरज शाही ठकुरीको शब्द तथा संगीत रहेको ‘महसुस गर’ गीतमा आकांक्षा बस्यालले पनि स्वर दिएकी छन् । विक्रमका ‘साँच्चै के हो माया’, ‘मादलुको घिनघिन तालैमा’ लगायतका गीत रुचाइएका छन् ।
‘जीवन्त नेपाल म्युजिक अवार्ड’ गीत-संगीतका विभिन्न ३८ विधामा प्रदान गरिएको थियो । अग्लेश्वरी विकास कोषले आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो भने गीतकार श्रवण मुकारुङ, संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानलाई पनि नगदसहित सम्मन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4