
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा १०औं एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ ।
योसँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।
एक्स्टेन्सन काउण्टरको विस्तारसँगै ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4