+
+

३० अंकले घट्यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १६:४६

२१ पुस, काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से ३०.७५ अंकले घटेको छ । परिसूचक घटेपनि कारोबार रकम भने ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँ पुगेको छ । बुधबार २ सय ३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

बुधबार कारोबारमा आएका कुल १३ वटा उपसमूहमध्ये अधिकांशको मूल्य ओरोलो लागेको छ । बुधबार भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले बजारमा उच्च नाफा कमाए । कम्पनीको शेयर मूल्य आज ९.९६ प्रतिशतले बढेको थियो । बुधबार बजारमा छ्याङ्ग्दी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले पनि बजारबाट ५ प्रतिशत हाराहारीले नाफा कमाए ।

यता विजया लघुवित्तको शेयर सबैभन्दा धेरै ४.५५ प्रतिशतले घट्न पुग्यो । यस्तै सिभिल लघुवित्त, किसन लघुवित्त र फस्ट माइक्रोफाइनान्सको शेयर पनि ४ प्रतिशतले घट्न पुग्यो । बुधबार शिवम् सिमेन्टको कारोबार उच्च रह्यो । बुधबार कम्पनीको १८ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?